Sat. Jul 27th, 2024

नेपाललाई ५ लाख विद्युतीय चुल्होका लागि साढे दुई अर्ब अनुदान

काठमाडौं – विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड जीसीएफले दुई करोड ११ लाख २० हजार डलर करिब दुई अर्ब ५५ करोड रुपैयाँको अनुदान दिन लागेको हो । यसबा लागि दुई निकायबीच सहम्झौता भइसकेको केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवर्द्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष नै स्वीकृत भई भएको यो प्रस्तावअनुासरको कार्यक्रम अब कार्यान्वयनमा जानेछ ।

करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रम अन्तरगत पहिलो चरणका लागि सम्झौता भएको हो । पहिलो चरणमा करिब ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ ।

तराई क्षेत्रका नगरपालिका तथा गाउँपालिकाहरुसँग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने छ ।

नेपाल सरकारले पछिल्लो समय इन्धनको खपत कम गर्न साथै बिजुलीको खपत बढाउने उद्देश्यले विद्युतीय चुलो प्रवर्द्धनमा काम गरिरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: