Sat. Jul 27th, 2024

महंगी विरुद्ध राप्रपाको रित्तो थाल ठटाएर प्रदर्शन

धादिङ – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरूद्ध बुधबार धादिङमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

महँगी, भ्रष्टाचार, कालोबजारी, मल अभावविरूद्ध जनता ब्युँझाउन रित्तो थाल ठटाएका हुन् ।

खाद्यान्नको मूल्य वृद्धिले सर्वसाधारण खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै रित्तो थाल ठटाएर सदुमुकाम धादिङबेसी बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले खाद्यान्नको मूल्य बढेको र गरीब निमुखाले खाने थाल रित्तिएकोले त्यति रित्ता थाल ठटाएर सांकेतिक विरोध प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

देश चरम आर्थिक संकटतर्फ उन्मुख भएका बेला जनताको ढाड सेक्ने गरी गठबन्धन सरकारले नियतबस मूल्यवृद्धि गराएको राप्रपा धादिङका अध्यक्ष ध्रुव लम्सालले बताए ।

देश आर्थिक संकटमा रहँदासमेत गठबन्धनको सरकार र दलहरुले चासो नदिएको उनीहरुको आरोप छ ।

‘जनताले न्युनतम उपभोग्य वस्तु पनि किन्न सक्ने अवस्था छैन, सर्वसाधारण जनता खान र बाँच्न पनि नसक्ने अवस्था आउँदैछ,’ राप्रपा क्षेत्रिय अध्यक्ष विनोद पाठकले भने, ‘गठबन्धन सरकारले समयमै सुनोस् भनेर रचनात्मक प्रदर्शन गरेको हौं ।

’ राप्रपाले पछिल्लो समय महँगी, भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: