Thu. May 23rd, 2024

एसईईको नतिजा सार्वजनिक, धादिङबाट ६२२४ जना सहभागी

धादिङ– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार नेपालभर ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ । १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन् ।

धादिङ जिल्लाबाट ६ हजार २ सय २४ जनाले एसईई परीक्षा दिएका छन् । त्यसमध्य नियमितफर्तबाट ५ हजार ९ सय ५३, प्राविधिक तर्फबाट २ सय ९, खुल्ला तर्फबाट ३९ र ग्रेस वृद्धिबाट २३ जना सहभागी छन् ।

जिल्लाभर एक सय ५५ वटा विद्यालयका विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । जिल्लाका एक सय ३२ वटा सामुदायिक विद्यालय, २१ वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक विद्यालय, एक वटा खुल्ला र एक वटा अनौपचारिक विद्यालयबाट विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए । एसईईमा धादिङबाट २९ जना परीक्षार्थी अयोग्य सूचिमा परेका थिए ।

एसईई परीक्षाको नतिजा पहिलेभन्दा खासै फरक नदेखिएको शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख यमबहादुर खड्काले बताएका छन् ।
नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।
यहाँबाट हेर्नुहास् नतिजा

About The Author

Loading...

अन्य समाचारहरु: