
धादिङ– नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला अवरुद्ध भएको छ । सडक माथीबाट गएराति पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो।
२३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको थियो । राति साढे दुई बजेतिर पुन: पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ । यश क्षेत्रमा सवारीको जाम लागेको छ ।