Sat. Jul 27th, 2024

निर्वाचन आयोगमा दल दर्ता गर्ने ठूला पार्टीमा एमाले पहिलो

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ । ठूला पार्टीमा एमाले पहिलो भएको छ । कांग्रेस, माओवादी, राप्रपालगायतले यतिबेलासम्म दल दर्ता गराएका छैनन् ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमस मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: