Sat. Jul 27th, 2024

पहिरोले पोल डल्यो, धादिङबेसीमा विजुली आउन २ दिन लाग्ने

धादिङ – पहिरोले विद्युत पोलमा क्षति पुगेपछि धादिङबेसी आसपासको विजुली अवरुद्ध बनेको छ । आइतबार विहान देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुद्ध बनेको हो ।

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चुडेका छन् ।

सडकको पहँचमार्ग नभएको ठाउँमा पोल नै भाँचिएकोले तत्काल मर्मत गर्न सकिने अवस्था छैन । नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा सुचारु गराउन करिब २ दिन लाग्ने विद्याुत कार्यालयले धादिङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: