Sat. Jul 27th, 2024

पिपुल्स पावरको आईपीओमा आवेदन खुल्यो

काठमाडौ – पिपुल्स पावर लिमिटेडले आज साउन ३१ गते देखि सर्वसाधारणका लागि करिब २५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो ।

सोमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ ।

बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: