Sat. May 17th, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ। रवि लामिछाने सभापति रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने सभापति रवि लामिछानेले बताएका छन् ।

उनले भने,‘यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन।

प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं उनले बताएका छन्।

About The Author

अन्य समाचारहरु: