
धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा तीज गित प्रतियोगीता आयोजना गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको महानचाड हरितालिका तिजको अवसरमा स्थानीय प्रगतिशिल महिला समूहले प्रतियोगीताको आयोजना गरेको हो ।

प्रतियोगितामा विभिन्न महिला समूहहरुले भाग लिएका थिए । तीजको महत्व, सास्कृतिक परम्परा, नेपालको परिस्थिति, महिलाहरुबीच देखिएको भिन्नता, राजनीतिक दलमा महिला सहभागिता, कृषि क्षेत्रमा महिलाको योगदानलगायतका विषयमा प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहहरुलाई सम्मानसहित पुरस्कृत गरिएको छ । प्रगतिशिल महिला समूहले प्रत्येक वर्ष तीज गीत प्रतियोगीता आयोजना गर्दै आएको छ ।
