Sat. Jul 27th, 2024

राष्ट्रिय खुला टेबल टेनिस असोजको पहिलो साता

काठमाडौं : खेल मण्डल केकेएमले असोजको पहिलो साता राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ।

न्युरोड टिम एनआरटीको मातृसंस्था समेत रहेको केकेएमले पत्रकार सम्मेलन गरी असोजको पहिलो साता प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको छ।

आगामी असोज ४ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगितामा ११ विधामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष सुन्दरनरसिंह जोशीले जानकारी दिए ।

उनका अनुसार पुरुष एकल, महिला एकल, १९ वर्षमुनिको जुनियर छात्र र छात्रा एकल, १५ वर्षमुनि क्याडेट छात्र र छात्रा एकल विधामा खेल हुनेछ। बाँकी पाँच विधा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

६० वर्षमाथि पुरुष, ५० वर्षमाथि पुरुष, ४० वर्षमाथि पुरुष र महिला उमेर समूहमा प्रतिस्पर्धा हुन लागेको छ। पुरुष र महिला एकलतर्फ स्वर्ण विजेताले ५० हजार, रजत विजेताले २५ हजार र काँस्य विजेता दुई खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

जुनियर र क्याडेटतर्फ स्वर्ण विजेताले १० हजार, रजत विजेताले ५ हजार र काँस्य विजेताले २५ सय रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा विदेशी खेलाडीलाई पनि सहभागी गराउन दक्षिण एसियाली देशहरूमा पत्राचार गरिएकोे आयोजकले जनाएको छ ।

फुटबललाई प्राथमिकता दिएको केकेएमले अरु खेलमा पनि लगानी र सहभागिता बढाउन माग भए अनुसार टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष जोशीले बताए।

केकेएमले यसअघी क्रिकेट प्रतियोगिता पनि आयोजना गरिसकेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: