Sat. Jul 27th, 2024

गलौदीमा सुरु भएको सेभेन ए साइड फुटबलमा बिहिबार तीन खेल

धादिङ– धादिङको गजुरी गाउँपालिका–१ गलौंदीस्थित एन्फा फुटबल ग्राउण्डमा विहिबारबाट सेभेन ए साइड साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।

गलौदी युवा क्लवले आयोजना गरेको प्रतियोगिताको पहिलो खेल गजुरी सामुदायिक विकास समिति र गलौदी युवा क्लव ‘बि’ बीच भएको छ । खेलमा गजुरीले गलौदी ‘बि’लाई १२–० गोल अन्तरले हराएको छ ।

दोस्रो खेलमा ताल्ती युवा क्लव को २ गोलका विरुद्ध ३ गोल गर्दै अरुणोदय युवा क्लव ए विजयी भएको छ । विहिबार नै भएको तेस्रो खेलमा घाटबेसी युवा क्लवले भद्रकाली युवा क्लव मलेखुलाई पराजित गरेको छ । जितका लागि घाटबेसीले मलेखुको ४ गोलको विरुद्ध ५ गोल गरेको थियो ।

प्रतियोगितामा जिल्लाभरका १५ टिम सहभागिता रहेको आयोजक क्लव गलौदी युवा क्लवका अध्यक्ष राजेन्द्र सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गजुरी गाउँपालिकाकी उपाध्यक्ष सर्मिला विसुरालले गरेकी थिइन् । स्थानीय स्तरमा खेलकुदको विकासको लागि गाउँपालिकाकै सहयोगमा प्रतियोगिता आयोजना भएको उपाध्यक्ष विसुरालले बताइन ।

प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाईलन भदौ १२ गते हुनेछ । हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको गलौदी युवा क्लवले यो वर्ष नयाँ पुस्तालाई लक्षित गरी फुटबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: