Sat. Jul 27th, 2024

धादिङमा निर्वाचित गुरुङ वडा अध्यक्षहरु सम्मानित

धादिङ– स्थानीय तह निर्वाचन २०७९ मा गुरुङ समुदायबाट निर्वाचत धादिङका गुरुङ वडा अध्यक्षहरु सम्मानित भएका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी धादिङले सम्मान गरेको हो ।

छोंज धीको पाचौं अधिवेशनको अवसरमा नीलकण्ठ नगरपालिका-१ का गणेश गुरुङ, नीलकण्ठ-२ का ध्वजबहादुर गुरुङ, नीलकण्ठ-१३ का सन्तबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका-४ का कृष्णबहादुर गुरुङ, गंगाजमुना गाउँपालिका-३ का राजकुमार गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका-१ का ठाकुर गुरुङ, वडा नम्बर ४ का तिलबहादुर गुरुङ, वडा नम्बर ३ का सुरेश गुुरुङ सम्मानित भएका हुन् । सिद्धलेक गाउँपालिका-२ का शम्भु गुरुङ र रुविभ्याली गाउँपालिका-६ का समिर गुरुङसहित १० जना वडा अध्यक्षहरुलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धी धादिङका अध्यक्ष दोलख गुरुङले बताए ।

कार्यक्रममा नेपाल तमू गुरुङ विद्यार्थीका केन्द्रिय अध्यक्ष पुकार गुरुङ र वागमती प्रदेश प्रमुख पवन गुरुङले संगठनलाई सक्रिय बनाउँदै तमू विद्यार्थीहरूलाई आर्थिक, सामाजिक र राजनैतिक रूपमा सक्षमम वनाउँदै राज्य संचालनको तहमा पुग्न पहल गर्नुपर्ने बताए । आफ्नो भाषा धर्म संस्कार संस्कृतिको संरक्षण विकास गरि प्रचार प्रसार गर्नुपर्ने पनि जोड दिए ।

कार्यक्रमको अवसरमा नेपाल तमू ह्यूल छोंज धींको केन्द्रिय सचिवमा निर्वाचित गोपाल गुरुङ र सदस्यमा निर्वाचित गणेश गुरुङलाई पनि सम्मान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: