Sat. Jul 27th, 2024

नेवा पत्रकार राष्ट्रिय दबुः धादिङको अध्यक्षमा सन्तोषराज

धादिङ– नेवा पत्रकार राष्ट्रिय दबुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ निर्वाचित भएका छन् । दबुको बुधबार सम्पन्न तेश्रो अधिवेशनले सन्तोषरालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य र कोषाध्यक्षमा मनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा कल्पना श्रेष्ठ, सुजन श्रेष्ठ र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले शंकर श्रेष्ठ, सरिता श्रेष्ठ र अर्जुन श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । प्रदेश प्रतिनिधिमा काजी श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शक्य र सस्मिता श्रेष्ठ चयन भएका छन् । दबुले नेवार समुदायका पत्रकारलाई प्राथमिकतामा राखेर पत्रकार हकहित संरक्षण र क्षमता विकासका कार्यक्रमहरु गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: