Thu. Mar 20th, 2025

आइसिडिसी स्थापना दिवसमा रक्तदान !

धादिङ– एकिकृत सामुदायिक विकास अभियान (आइसिडिसी) नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

संस्थाकाे २५औं स्थापना दिवसकाे अवसरमा कार्यालय परिषरमै आयाेजित खुल्ला रक्तदान कार्यक्रममा २७ जना पुरुष र ९ जना महिलाले रक्तदान गरेका हुन् ।

धादिङ अस्पताल लगायत स्वास्थ्य संस्थाहरुमा रगत अभाव देखिइरहेको बेला यस्ता कार्यक्रमले राहत हुने नेपाल रेडक्रस सोसाइटी धादिङले बताएको छ ।

About The Author

अन्य समाचारहरु: