Sat. Jul 27th, 2024

असोज १ गतेबाट दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौ – यसवर्षको दसैँको लागि असोज १ गतेबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवसायी र यातायात व्यवस्था विभागको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए ।

साथै, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई छुटसमेत प्रदान गर्ने सहमति पनि भएको छ । काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: