Sat. Jul 27th, 2024

भारतले धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढायो

एजेन्सी – भारतले धान चामल निर्यातमा २० प्रतिशत भन्सार बढायो, कनिका निर्यातमा रोक
काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ ।

आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धानरचामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ ।

कनिका निर्यातमा रोक लगाएको संघका एक अधिकारीले भने,’यो भनेको भनेको निर्यातमा रोक लगाउनु सरह हो । हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिंदैछौं ।’

आर्थिक वर्ष २०७८र७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो ।

२९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो ।

भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: