Sat. Jul 27th, 2024

धादिङ अस्पतालको आकस्मिक कक्षमा अब १२ वेड क्षमता

धादिङ- दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन वेड क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ वेडमा विस्तार गरिएको हो ।

आकस्मिक कक्ष संचालन हुँदै आएका साना साना कोठाहरुलाई भत्काएर एउटै कोठाबाट १२ वेडको सुविधासम्पन्न आकस्मिक कक्ष संचालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । डाक्टर दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई जना डाक्टर, मेडिकल अधिकृत र स्टाफ नर्सहरुले २४संै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए ।

हाल अस्पतालमा बिरामीको चाप पनि अत्याधिक छ । ५० वेड क्षमताको धादिङ अस्पतालमा अहिले ७५ जना विरामी उपचाररत छन् । आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: