Sat. Jul 27th, 2024

बागमतीका मुख्यमन्त्रीद्वारा ठुलोभर्‍याङ यातायात कार्यालयमा अनुगमन

काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थित यातायात ब्यबस्था सेवा कार्यालय
ठुलोभर्याङमा अनुगमन गरेका छन् ।

यातायात कार्यालयबाट हुने सेवा प्रवाह चुस्त दुरुस्त भए नभएकोबारे बिहिवार बिहान अनुगमन गरेका हुन् । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै व्यस्त  थिए ।

कार्यालयको अनुगमनमा पुगेका मुख्यमन्त्री पाण्डेलाई कार्यालय प्रमुख थापाले कार्यालयबाट हुने सेवाप्रवाहको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले पनि यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न निर्देशन दिए ।
पाण्डेले कार्यालय ब्यबस्थापन र त्यहाबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गरेको मुख्यमन्त्रीका स्वकिय सचिव रविन भुजेलले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: