Sat. Jul 27th, 2024

घट्यो शेयर बजार

काठमाडौ – शेयर बजार आज शुक्रवार पनि घटेर राताम्मे भएको छ । हिजो बिहीवार ५७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार कित्ता शेयर ९० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: