Sat. Jul 27th, 2024

अछाममा पहिरोले आठ जनाको मृत्यु, बेपत्ताको खोजी जारी

अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए । तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: