Tue. Mar 19th, 2024

कपन आगलागीमा ३ जनाको मृत्यु

काठमाडौ – काठमाडौंको कपनमा आगलागीमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए।

उक्त घरमा रहेको अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएकाले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिताराम रिजालका अनुसार मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। त्यस्तै अरू पनि केही घाइते भएका छन्।

उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।

आगलागी भने हाल पूर्ण नियन्त्रणमा आइसकेको प्रवक्ता रिजालले बताए।

कांग्रेस महामन्त्री गगन थापा पनि घटनास्थलमा पुगेका थिए।

About The Author

Loading...

अन्य समाचारहरु: