Sat. Jul 27th, 2024

रक्सौल–काठमाडौं रेल ल्याउन ३ खर्ब २० अर्ब

काठमाडौँ — काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भएको छ । २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार भने लागत अनुमान ३ खर्ब रुपैयाँ थियो । अहिले विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको लागत अनुमान निकालिएको हो ।

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र ९एमओयू० अनुसार अध्ययन अघि बढाइएको थियो ।

रेल विभागका महानिर्देशक रोहित बिसुरालका अनुसार फिल्ड सर्भे सकिएको छ । ‘फिल्ड सर्भे र रिपोर्ट तयार पार्न १८ महिनाको समय दिइएको हो,’ उनले भने, ‘फिल्ड सर्भे सकियो, अब ६ महिनाभित्र रिपोर्ट तयार पार्छौं ।’

About The Author

Loading...

अन्य समाचारहरु: