Sat. Jul 27th, 2024

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेट असोज २३ देखि

काठमाडौ – असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय अन्तर्गत महिला क्रिकेट भने असोज २३ गतेदेखि नै सुरु हुनेछ । राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेलतालिका अनुसार महिला क्रिकेट असोज २३ देखि कात्तिक १ गतेसम्म हुने छ ।

पोखरा रंगशालमा क्रिकेट मैदानमा हुने महिला क्रिकेटमा सात प्रदेश र दुई विभागीय टिम गरी कूल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: