Sat. Jul 27th, 2024

दशैं मानेर शहर फर्किनेको लर्काे

धादिङ – दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम फर्किन थालेका छन् । दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।

काठमाडौ, पोखरा, चितवन लगायत देशका शहरहरुबाट दशैं मनाउँन थाकथलो आएकाहरुलाई अहिले कर्मथलो फर्किने चटारो छ । टिकाको दोश्रो दिनसम्म झरीले हिडड्ल गर्न नपाएकाहरुको तेश्रो दिनदेखि घाम लागेसँगै चहल पहल बढेको हो ।

अहिले गाउँबाट सदरमुकाम धादिङबेसी झर्नेहरुको लर्काे नै लागेको छ । गाडीहरु खचाखच भरिएका छन् । सदरमुकाम धादिङबेसीबाट देशका अन्यत्र जिल्ला पुग्ने यात्रुबसहरु पनि खचाखच छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: