Sat. Jul 27th, 2024

धादिङमा सत्ता गठबन्धन, एमाले र राप्रपाको उल्लासमय मनोनयन दर्ता

धादिङ– धादिङमा सत्ता गठबन्धन, नेकपा एमाले र राप्रपाले उल्लासमय ढंगबाट मनोनयन दर्ता गराएका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनले प्रतिनिधिसभा १ को प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ र प्रदेशसभा ‘ख’ मा नेकपा माओवादीका नेता शालिकग्राम जम्कट्टेलले मनोनयन दर्ता गराएका छन् ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेबाट भुमी त्रिपाठीले मनोनयन दर्ता गराएका छन् । एमालेले प्रदेशसभा ‘क’ मा रमेश आचार्य र प्रदेशसभा ‘ख’ मा गजेन्द्र थपलियाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा ‘क’ मा मनोनयन दर्ता गराएका आचार्यको विरुद्ध एमालेकै नेत्र पौलेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ मा राप्रपाका अजय रिमालले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा ‘क’ मा गिता प्रसाद आचार्य र प्रदेशसभा ‘ख’ मा जित बहादुर भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसकै गोबिन्द लम्साल र प्रदेशसभा ‘ख’ मा नेकपा माओवादीका नेता जगत सिंखडाले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेबाट खेम प्रसाद लोहनीले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा ‘क’ मा डा.रामकुमार अधिकारी र प्रदेशसभा ‘ख’ मा धनबहादुर घलेले मनोनयन दर्ता गराएका छन् ।

यो क्षेत्रमा राप्रपा पनि बलियो प्रतिष्पर्धी छ । राप्रपाबाट पूर्व सांसद परशुराम तामाङले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा ‘क’ मा नारायण पोखरेल र प्रदेशसभा ‘ख’ मा डम्बर तामाङले मनोनयन दर्ता गराएका छन् ।

धादिङका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा र चार वटै प्रदेशसभामा मंगोल नेशनल अर्गानाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३५ हजार २ सय ४२ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा एक लाख ३६ हजार ७ सय ४२ मतदाता छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: