![](https://www.pabilnews.com/wp-content/uploads/2022/10/download_Z28X1EYoqC.jpg)
भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएका छन् ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले जनाएको छ ।
भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् ।
राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताएका छन् ।
About The Author
Loading...