Sat. Jul 27th, 2024

धादिङकी विपना अधिकारी मिस इन्टरकन्टिनेन्टल २०२२ को फाईनल भिड्दै

धादिङ– इजिप्टमा जारी ‘मिस इन्टरकन्टिनेन्ट २०२२’ मा धादिङकी विपना अधिकारी फाईनलमा पुगेकी छिन् ।

नेपालको प्रतिनिधित्व गर्दै इजिप्ट पुगेकी अधिकारी सनराईज रिसोर्ट एण्ड क्रुईज, मेराकीसार्मईल शेख र ह्वाईट हिल्स् रिसोर्टमा बसेर फाईनल प्रस्तुतीको लागि तयारी गरिरहेकी छिन् । २३ वर्षिया विपना अधिकारीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीताहरु जितिसकेकी छिन् ।

‘मिस इन्टरकन्टिनेन्ट २०२२’ को फाईनल अंग्रेजी मिति अनुसार अक्टोबर १४ २०२२ मा हुँदैछ । विश्वका ६७ राष्ट्रका प्रतियोगीहरु सहभागी थिए।

About The Author

Loading...

अन्य समाचारहरु: