Sat. Jul 27th, 2024

धादिङ २ मा एमाले र राप्रपा बीच तालमेल, संघमा एमाले र प्रदेशमा राप्रपालाई सघाउने

धादिङ ः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । तालमेलपछि प्रतिनिधिसभा क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार परशुराम तामाङले नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीलाई सघाउने भएका छन् ।
तामाङले बुधबार मनोनयन फिर्ता लिएका छन् । राप्रपाका तामाङले एमालेका लोहनीलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका हुन् ।
तालमेल भएपछि प्रदेशसभा २ मा एमालेले राप्रपालाई सघाउने भएको छ । राप्रपाका उम्मेदवार डम्बर तामाङलाई समर्थन गर्दै एमालेले आफ्नो उम्मेदवार धनबहादुर घलेको मनोनयन फिर्ता लिएको छ । यता उम्मेदवारी फिर्ता गराएको विषयमा घलेले भने पार्टीले आफु माथि अन्याय गरेको प्रतिक्रिया दिएका छन् । आफ्नो उपस्थिती विना नै कसले कसरी उम्मेदवारी फिर्ता गरायो भन्ने विषयमा आफु अनविज्ञ रहेको घलेले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: