Sat. Jul 27th, 2024

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ – क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएका थिए । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफुविरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका थिए । एक महिना पछि उनि नेपाल फर्केका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: