Sat. Jul 27th, 2024

निर्वाचन सामग्री पठाउन सुरु

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरु गरेको छ ।

शुक्रवार प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको आयोगले जनाएको छ ।

अन्य प्रदेशका लागि आवश्यक निर्वाचन सामाग्री पनि धमाधम पठाउने तयारी भइरहेको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

यसैबीच शुक्रवार निर्वाचन आयोगको कार्यालयमा आयोजित एक कार्यक्रमलाई उनले निर्वाचन आयोग मतदातालाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताएका छन् ।

मतदाता शिक्षाका लागि मुख्य प्रशिक्षक प्रशिक्षण’ दिन आयोजित कार्यक्रममा उहाँले मतदातालाई मतदान केन्द्रसम्म ल्याएर बढिभन्दा बढी मतदान गराउन र बढिभन्दा बढी सदर मत गराउन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: