Sat. Jul 27th, 2024

बजेटमा पनि समेटियोस् अपाङ्ग लक्षित कार्यक्रम

धादिङ– अपाङ्गता भएका व्यक्ति र तीनका परिवारलाई आय आर्जन वृद्धि हुने कार्यक्रम ल्याउन धादिङका सरोकारवालाहरुले माग गरेका छन् । अपाङ्गता भएकाहरु लक्षित कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएपनि बजेटमा नपर्ने गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

सिद्धलेक गाउँपालिकामा आइतबार आयोजित अपाङ्गता समन्वय समिति गठन त्यसको काम, कर्तव्य र अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले गाउँपालिकसंग नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गता लक्षित कार्यक्रम बनाउन माग गरेका हुन् ।

नेपाल अपाङ्ग महिला संघको समन्वयमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकारको शिश्वव्यापी घोषणापत्रसंगै स्वीकार गरिएकोले यसतर्फ गाउँपालिकाले विभिन्न कार्यक्रमहरु बनाएको धारणा राखेका छन् । कानून निर्माणले मात्र अपाङ्गता भएका व्यक्तिहरूका मानवअधिकारहरू सुनिश्चित हुन नसक्ने भन्दै अध्यक्ष खतिवडाले व्यक्तिले अनूभूति गर्ने कार्यक्रमबाट सम्वोधन हुन आवश्यक रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयोजक सविता अर्यालले अपाङ्गता भएका व्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आफ्नो सम्पत्ति नभएका, स्याहार सुसार गर्ने परिवारका सदस्य वा संरक्षक नभएका वा आफै रोजगार गरी जीवनयापन गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति लक्षित नीति तथा कार्यक्रम र बजेट ल्याउन गाउँपालिकासंग आग्रह गरे ।

अभिमुखिकरण कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका प्रतिनिधि जानुका सुवेदीले स्थानीय तहमा वठन हुने अपाङ्गता समन्वय समिति र यसको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: