Fri. May 24th, 2024

धादिङमा पनि मनाइयो प्रहरी दिवस, स्मारकमा पुष्प गुच्छा अर्पण

धादिङ– नेपाल प्रहरीले आज ६७ औं प्रहरी दिवस धादिङमा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा विशेष समारोहको आयोजना गरेको हो ।

दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसला ओडाएर सम्मान गरिएको छ ।

विभिन्न खेलकुदमा प्रथम र द्धितिय स्थान हासील गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान-पत्र तथा पुरस्कार बितरण पनि गरिएको छ ।

समरोहमा धादिङका जिल्ला प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु लगायत सहभागी थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: