Sat. Jul 27th, 2024

बूढीगण्डकी जलविद्युत् आयोजनाद्धारा मुआब्जा वितरण

budhigandaki aayojana
धादिङ – एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ ।

गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरुलाई मुआब्जा वितरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ । कार्यालय भवन निर्माणका लागि आयोजनाले १३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको छ । प्रतिरोपनी रु सात लाख ९५ हजारका दरले मुआब्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो ।

आयोजनाले ३७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरेको हो । “तीस जनालाई मुआब्जा वितरण गरेका छौँ,” प्रजिअ तिमल्सेनाले भन्नुभयो – “बाँकी सातजनालाई छिट्टै वितरण गर्छौँ ।” सातजनाको जग्गा बैंकमा रोक्का रहेकाले फुकुवा गरेपछि मात्रै मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो पटक चैत १२ गते सूचना प्रकाशन गरेर २७ जनाको र दोस्रो पटक जेठ २० गते सूचना जारी गरेर १० जनाको जग्गा अधिग्रहण गरिएको इञ्जिनियर आनन्द पौडेलले जानकारी दिनुभयो । अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु १० करोड ६६ लाख १० हजार वितरण गर्ने तयारी आयोजनाले गरेको छ । आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ । साथै चारवटा परीक्षण सुरुङ खनिएको छ । रासस

About The Author

Loading...

अन्य समाचारहरु: