Thu. May 23rd, 2024

श्रोत परिचालन साकोसको रजत बर्षमा रक्तदान

धादिङ– श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय १६ जनाले रक्तदान गरेका छन् ।

सहकारीको २६औं वर्ष प्रारम्भको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार रक्तदान रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

धादिङ अस्पतलाको प्राङगणमा सम्पन्न भएको रक्तदानमा ३२ महिला र ८४ पुरुषले रगत दान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिए ।

सहकारीको युवा तथा बालबालिका उप–समितिको आयेजना र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: