
काठमाडौ – हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ ।
वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ ।
तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले रातोपाटीलाई जानकारी दिए ।
यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उनको भनाई छ ।