Sat. Jul 27th, 2024

क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ

चितवन : घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो।

पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए।

‘सडकखण्डमा पर्ने पुल आसपासका घरको ५० हजारदेखि रु सात लाखसम्म क्षतिपूर्ति दिनुपर्ने छ’, उनले भने, ‘एक करोड २५ लाख माग गरेका छौँ।’ गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ।

‘यो वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्छ। त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौँ’, कार्कीले भने। तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: