Sat. Jul 27th, 2024

धादिङका अधिकांश मतदान स्थल अतिसंवेदनशील

धादिङ – धादिङका अधिकांश मतदान स्थललाई जिल्ला निर्वाचन सुरक्षा समितिले अतिसन्देदनशीलको सूचिमा राखेको छ । सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरेको हो ।

कुल एक सय १४ मतदान स्थल मध्य एक सय चार वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ । सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।

‘सुरक्षा अधिकारीका अनुसार निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदानपश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिन्छ,’ उनले भने–‘अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसंगै कर्मचारी व्यवस्थापन गरिनेछ ।’

धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: