Sat. Jul 27th, 2024

बैकको व्याजदर बृद्धिको विरुद्ध धादिङका व्यवसायी आन्दोलित

धादिङ– बैंकको चर्को ब्याजदर विरुद्ध धादिङका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका छन् । धादिङ उद्योग वाणिज्य संघले धादिङबेसी सदरमुकामको पुछार बजारबाट ¥यालीसहित विरोध प्रदर्शन गरेको हो ।

जिल्ला प्रशासन पुगेका उद्योगी तथा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् । कर्जाको व्याजदर आकासीने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ जाने विज्ञप्तिमा भनिएको छ ।

बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाएका छन् । उत्पादित सामानको मूल्य आकासीए र आम सर्वसाधारणको जिविकोपार्जन पनि कष्टकर हुँदै गएको विज्ञप्तिमा भनिएको छ ।

ज्ञापन पत्रमा चालूपूँजि ऐन २०७९ तुरुन्त स्थगित गरियोस्, एकल विन्दुमा ब्याजदर सीमित गरियोस्, कर्जा लगानी कम्तीमा एक वर्षपछि मात्रै ऋणिसँगको समझदारीमा ब्याजदर वृद्धि गरियोस् । बैंकले लिदै आएका सेवा शुल्क लगायतका मनोमानि शुल्क हटाईयोस् विगतमा मौद्रिक नीति मार्फत दिईदै आएका छूटहरु कायम गरियोस् भन्ने मागहरु समावेश गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: