
काठमाडौं – उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ।
उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै १७ सय ट्राफिकहरू कार्यरत थिए।
‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’