Sat. Jul 27th, 2024

मतदातासंगै लाइन बसेर गरे बागमतीका मुख्यमन्त्री पाण्डेले मतदान

धादिङ– बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पार्टीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले मतदान गरेका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

पाण्डेले मतदातासंग लाइनमै बसेर मतदान गरेका हुन् । मतदानपछि प्रतिक्रिया दिनुहुँदै पाण्डेले आफ्नो जित सुनिश्चित रहेको बताए ।

मुख्यमन्त्री पाण्डे नेकपा एमालेमा जिल्ला अध्यक्ष भुमी प्रसाद त्रिपाठीसंग प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी उम्मेदवार त्रिपाठीले वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ को बागेश्वरी मा.वि को मतदान केन्द्रबाट मतदान गरेका छन् ।

धादिङ क्षेत्र नं. २ प्रतिनिधी सभाका सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् भने नेकपा एमालेका उम्मेदवार खेम प्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ सालबास मावी मतदान केन्द्रबाट मतदान गरका छन् ।

बागमती प्रदेशका आर्थिक मामिला योजना मन्त्री शालिकराम जम्कट्टेलले गजुरी गाउँपालिका वडा नम्बर ७ कटुन्जे किरान्चोक मावीको मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै पूर्व गृह मन्त्री राप्रपाका उपाध्यक्ष बुुद्धिमान तामाङले रुविभ्याली गाउँपालिका वडा नम्बर ४ को मुक्राबदेवी माविको मतदान केन्द्रबाट मतदान गरेका छन् भने पूर्व जलस्रोत राज्यमन्त्री ठाकुरनाथ शर्माले गजुरी गाउँपालिका वडा नम्बर १ को आर्दश मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: