Sat. Jul 27th, 2024

धादिङ-२ को प्रदेशसभा-१ मा गोबिन्द लम्साल विजयी

धादिङ– धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत प्रदेशसभा १ मा गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका नेता गोविन्द लंसाल विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेद्वार डा. राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लंसाल विजयी भएका हुन् ।

लंसाल नेकपा माओवादी केन्द्र र नेकपा एस र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।

यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार  १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लंसाल र खड्क कुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: