Sat. Jul 27th, 2024

प्रत्यक्षतर्फ १५४ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११ स्थानमा बाँकी

काठमाडौ – निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १ सय ५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जित हासिल गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकिकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । साथै, बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।

About The Author

Loading...

अन्य समाचारहरु: