Sat. Jul 27th, 2024

एक महिनामा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटे

काठमाडौं । एक महिनामा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो।

गोरखापत्र दैनिकमा समाचार छ, प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको संख्या चार करोड सात लाख ९३ हजार थियो। साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो संख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन। यो जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र संख्या हो।

सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्ड निष्क्रिय बनाउँदा प्रयोगकर्ताको संख्या तथ्यांकमा घट्ने गरेको छ। प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ।

प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको संख्या दुई करोड सात लाख नाघेको छ। त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्ने एक करोड ७१ लाखमाथि छन्। स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ ।

घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन्। असारसम्म टेलिकमले दुई करोड १३ लाख ७७ हजार सिमकार्ड बिक्री गरेकामा साउनमा यो संख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ। यो अवधिमा टेलिकमका मात्र छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन्। एनसेलका प्रयोगकर्ता बढेका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: