Sat. Jul 27th, 2024

सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे भूमि आयोग र काठमाण्डौ महानगरको छुट्टाछुट्टै सूचना

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोग र महानगरबीच विवाद देखिएको छ । यसबारेमा आयोग र महानगरले आज छुट्टाछुट्टै सूचना समेत निकालेका छन् । राष्ट्रिय भूमि आयोगले तत्कालका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन पालिकालाई अनुरोध गरेको छ ।
आयोगले काठमाण्डौ महानगरपालिका सहित सबै पालिकालाई भूमिहीन तथा सुकुम्बासी असुरक्षित हुने कुनै पनि काम नगर्न र नगराउन सूचना मार्फत् जानकारी गराएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार गएको भदौ ३१ गतेदेखि स्थगन गरिएका काम आचार संहिता लागू नहुने सूचना आएपछि भूमि आयोगले पून सूचना निकालेर काम थालनी गर्ने सूचनामा उल्लेख छ ।

साथै आयोगले पालिकासँग कार्य सहमति पत्रमा हस्ताक्षर भइ भूमिहीन, दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने काम भइरहेको समेत जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: