Fri. Jul 4th, 2025

धादिङ भुलभुलेका ७० वर्षीय वृद्धको भीरबाट लडेर मृत्यु

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका टेक बहादुर थापा मृत भेटिएका छन् ।

शुक्रबार विहान वडा कार्यालय जान्छु भन्दै घरबाट निस्किएका ७० वर्षीय थापा गयराती भीरबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार रातीसम्म घर नपुगेपछी खोजी गर्ने क्रममा वडा नम्बर २ कै झ्यापुङ खोला नजिकै भिरबाट लडेको अवस्थामा भेटिएका छन् ।

भिर भएको ठाउँको बाटोबाट करिब तीन सय मिटर तल थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए। थापाको शव अहिले पोस्टमार्टमको लागि धादिङ अस्पताल ल्याइएको छ ।

About The Author

अन्य समाचारहरु: