Sat. Jul 27th, 2024

अपाङ्गता भएकाहरु भन्छन्- ‘व्यवस्था बदलियो, सोच बदलिएन’

धादिङ– राज्य व्यवस्था बदलिए पनि सोच बदलिन नसक्दा अपाङ्गता भएका व्यक्ति प्रतिको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको अपाङ्गताको क्षेत्रमा काम गर्नेहरुले गुनासो गरेका छन् ।

३१औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धादिङबेसीमा आयोजित एक अन्तरक्रियामा सहभागीहले अपाङ्गमैत्री कुराहरु कागजमा मात्रै सिमित भएको गुनासो सुनाएका हुन् ।

स्थानीय तहहरुमा हुने विकास तथा रुपान्तरणलाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन सरोकारवालाहरुको भूमिका विषयमा भएको अन्तरक्रियामा अपाङ्गताको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले अझै पनि अपाङ्गता भएका व्यक्तिहरु अवसरहरुबाट बन्चित हुनुपरेको जनप्रतिनिधिहरुसँग गुनासो गरे ।

कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले अवको संरचना अपाङ्गतामैत्री बनाउन सकारात्मक भुमिका खेल्ने

प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा अपाङ्गतामैत्री संरचना र वातावरण निर्माण गर्नमा पहल गर्ने, विभेद नगर्ने, समावेशी र समतामुलक समाजका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रतिनिधित्व गराउनका लागि वकालत र पैरवी गर्नेलगायतको बिषयमा छलफल गरिएको छ ।

अपांग कल्याण संघका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, नीलकण्ठ नगरपालिका भित्रका जनप्रतिनिधि र  अपांगता भएका व्यक्तिहरु सहभागी थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: