Sat. Jul 27th, 2024

दाेलखाकाे प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की

काठमाडौ– दाेलखाकाे प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

साेमबार विहान सकिएकाे प्रारम्भिक मतगणना परिणाम अनुसार एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मत अन्तरले हराउदै कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् भने एमालेका शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् ।

समानुपातिक तर्फकाे मत मतगणना चलिरहेकाे र समानुपातिककाे मतपेटिकामा प्रत्यक्ष तर्फकाे मतपत्र भेटिए मतान्तर फरक पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: