Sat. Jul 27th, 2024

पाँच चिनियाँ जहाज बेच्न मूल्य तोक्दै नेपाल एयरलाइन्स

काठमाडौं – नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने उनले बताइन् । ‘हामीले सुरुमा भाडामा दिने तयारी गरेका थियौं,’ उनले भनिन्, ‘यसमा कोही पनि इच्छुक नभएपछि जहाज बिक्री गर्ने विकल्पमा तयारी थालेका हौं ।

निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको छ । ती जहाज जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा मूल्यांकन गर्न निगमले मंगलबार टेन्डर निकालेको हो । निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज भने तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज दुई वटा एमए ६० र ३ वटा वाई १२ ई जहाजको मूल्य तोक्ने तयारी निगमले गरेको हो ।

निगमले यी जहाज आफुले चलाउन नसक्ने भन्दै व्यवस्थापन गर्न सरकारलाई जिम्मा दिएको थियो । तर, सरकारले समेत वेवास्ता गरेपछि निगमले जहाज भाडामा दिने तयारी गरी टेन्डर निकालेको थियो । त्यसमा पनि कुनै पनि पार्टी इच्छुक भएनन् ।

About The Author

Loading...

अन्य समाचारहरु: