Sat. Jul 27th, 2024

तालाबन्दीको त्रासैत्रासमा त्रिभुवन विश्वविद्यालय

काठमाडौ – नेपाल विद्यार्थी संघले ७ माघ २०७८ मा त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्‍यो । विभिन्न माग अघि सारेर नेविसंघको त्रिवि ईकाई कमिटीले तालाबन्दी गरेको थियो । त्यही बीचमा सेवा सुविधा विस्तार लगायतका माग अघि सारेर आंशिक प्राध्यापकहरू समेत आन्दोलनमा होमिए । र, उनीहरूले समेत तालाबन्दी गरे ।

तालाबन्दीपछि त्रिविका पदाधिकारी तथा कर्मचारीहरू कार्यालयमा आउने हाजिर गरेर दिनभर घाम तापेर विताए । लामो समय तालाबन्दी भएपछि त्रिविले बजेट समेत पास गर्न नसक्ने अवस्था आयो । पदाधिकारीहरू कार्यालयमा गएर काम गर्न सक्ने वातावरण भएन । विद्यार्थीलाई समेत कलेजमा गएर निर्वाध रूपमा पढ्न पाउने वातावरण बनेन । तालाबन्दी गरेको १ सय ४० दिनपछि नेविसंघले तालाबन्दी खोल्यो, त्यो पनि १५ दिने अल्टिमेटम दिएर ।

त्रिविको बजेट नै पास नहुने अवस्था आएपछि उनीहरू नेविसंघको केन्द्रीय कमिटी गुहार गर्न पुगेका थिए । अन्ततः २३ जेठ २०७९ मा नेविसंघको केन्द्रीय कार्यालयको निर्देशनमा तालाबन्दी खोलियो । तर, आंशिक प्राध्यापकहरूले लगाएको ताला भने यथावत थियो । पछि उनीहरूले पनि २७ जेठमा तालाबन्दी खोले ।

About The Author

Loading...

अन्य समाचारहरु: