Sat. Jul 27th, 2024

कमेडी च्याम्पियनबाट चर्चित विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

काठमाडौं- टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ ।

विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् ।

इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित रहे । यो जोडीले हालै कमेडी शो ‘मा कसम यहाँ दुख्छ’मा सहकार्य गरेका थिए ।

विक्की ‘कमेडी च्याम्पियन’का रनरअप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । इन्गेजमेन्ट भएपनि विवाहको मिति भने टुंगो लागिसकेको छैन ।

About The Author

Loading...

अन्य समाचारहरु: